शनिबार, पुस १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बिजुलीको तार भूमिगत बनाउने काम अलपत्र, कुलमानले झोक्किँदै भने– यो के गरेको?

Siddartha premir insuranceSiddartha premir insurance

बिजुलीको तार भूमिगत बनाउने काम अलपत्र, कुलमानले झोक्किँदै भने– यो के गरेको?

‘जहाँजहाँ सजिलो छ त्यहाँत्यहाँ मात्रै काम गरेर बाँकी अलपत्र पारिएको छ। यो ठिक भएन। यसलाई तत्काल अघि बढाउनुपर्छ।’ उनले तार भूमिगत बनाउने कार्यप्रति संकेत गर्दै भने, ‘यो के गरेको? यस्तो महत्त्वपूर्ण काममा खेलाँची नगर्नुहोस् साथीहरू।’
 |  बिहीबार, भदौ १०, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, भदौ १०, २०७८

ntc landingntc landing

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले श्रावण २६ गते बुधबार पदभार ग्रहण गरेपछि आफ्ना प्राथमिकता सुनाए। त्यो सूचीमा बिजुलीको तार भूमिगत गर्ने कार्य पनि थियो। १७ महिनाअघि उनी कार्यकारी निर्देशक भएकै बेला सुरु भएको यो काम अहिले अलपत्र छ। त्यसैले पनि उनले यसलाई प्राथमिकतामा राखेको हुनुपर्छ।

himalayan bank box

घिसिङले पदभारपछि आयोजित स्वागत कार्यक्रममा भने, ‘जहाँजहाँ सजिलो छ त्यहाँत्यहाँ मात्रै काम गरेर बाँकी अलपत्र पारिएको छ। यो ठिक भएन। यसलाई तत्काल अघि बढाउनुपर्छ।’ उनले तार भूमिगत बनाउने कार्यप्रति संकेत गर्दै भने, ‘यो के गरेको? यस्तो महत्त्वपूर्ण काममा खेलाँची नगर्नुहोस् साथीहरू।’ 

काठमाडौं सहर कुरूप देखिएपछि लथालिंग रहेका बिजुलीका तारलाई भूमिगत बनाउने काम २०७६ फागुनदेखि सुरु गरिएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने गरी थालिएको काम १८ महिना बित्दा ३० प्रतिशत मात्रै सकिएको छ। 

प्राधिकरणका अधिकारी भने कोरोना महामारीका कारण काममा ढिलाइ भएको बताउँछन्। ‘कोरोना, कामदार अभाव, सडक खन्न अनुमति पाउनमा ढिलाइ लगायत कारणले कामले गति लिन नसकेको हो’, प्राधिकरणका आयोजना प्रमुख अभिषेक अधिकारीले भने। 

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्नपार्क र महराजगन्ज वितरण प्रणलीलाई भूमिगत गर्न थालेको थियो। 

vianet


महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्र बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगन्ज आदि स्थानमा करिब २५० किलोमिटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याउने योजना थियो। 

महाराजगन्ज वितरण केन्द्रअन्तर्गत यी क्षेत्रमा मंसिरसम्म बिजुलीका तार भूमिगत गर्न सम्भव नभएको आयोजना अधिकारी बताउँछन्। उनका अनुसार अहिले महाराजगन्जमा तार भूमिगत गर्ने कार्य २७ प्रतिशत भएको छ। धापासी, मन्डिखाटार, चप्पली हाइटमा काम सकियो भने बालाजु, गापीकृष्ण हलमा सुरु गर्न लागिएको छ। 

नाराणगोपाल चोकदेखि गंगालाल अस्पतालसम्म काम गर्न बाँकी छ। लैनचौरदेखि बूढानीलकण्ठसम्मको काम अन्तिम चरणमा पुगेको छ। यस वितरण केन्द्रमा तीन अर्ब ८० करोड बजेट छुट्याएकोमा अहिलेसम्म १ अर्बको मात्रै काम भएको छ। ‘कोरोना महामारी, लकडाउन, कामदार अभाव, सडक खन्न अनुमति पाउन भएको ढिलाइ लगायतका कारणले अपेक्षित रुपमा काम अघि बढाउन सकिएन’, प्राधिकरणका आयोजना प्रमुख अधिकारीले भने।  

पहिलो चरणमा रत्पार्क–बानेश्वर आयोजनाअन्तर्गतचाबहिल–चुच्चेपाटी–मित्रपार्क खण्डको कुल २०० किलोमिटरमध्ये ३२ किलोमिटर हाराहारीमा तार भूमिगतको काम भइसकेको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए। 

रत्नपार्क वितरण केन्द्रअन्तर्गतका न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी आदि स्थानमा पनि तार भूमिगत गरिँदै छ। यी क्षेत्रमा पनि ३७ प्रतिशत मात्रै काम भएको छ। यी क्षेत्रमा मंसिरसम्म काम सक्ने योजना छ।

रत्नापार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरूमा मंसिरसम्म तार बिछा्याउन नसकिने आयोजना प्रमुख सुमन श्रेष्ठ बताए। प्राधिकरणका अनुसार उपत्यकामा ४०० किलोमिटर तार भूमिगत गर्ने योजना छ। हालसम्म पहिलो खण्डमा १३२ किलोमिटर र दोस्रो खण्डमा ३२ किमि गरी कुल १३२ किमि तार बिछ्याइएको छ।

३० महिनाभित्र सबै काम सम्पन्न गर्ने गरी गत वर्ष फागुनमा तार बिछ्याउन सुरु गरिए पनि कामले गति लिन सकेको छैन।

अहिलेसम्म कहाँ–कहाँ बिछ्याइयो तार?

पहिलो चरणमा रत्पार्क–बानेश्वर आयोजनाअन्तर्गतचाबहिल–चुच्चेपाटी–मित्रपार्क खण्डको कुल २०० किलोमिटरमध्ये ३२ किलोमिटर हाराहारीमा तार भूमिगतको काम भइसकेको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए। अन्यमा रोड पर्मिट नमिल्दा काम हुन नसकेको उनले बताए। 

यस्तै महाराजगञ्ज आयोजनामा १०० किलोमिटरमा पाइप हालिसकिएको छ। ६० किलोमिटर केबल लाइनिङको काम भइसकेको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए। उनले हाल रिङरोड क्षेत्रमा मात्र पाइप हाल्ने र तार भूमिगतको काम भइरहे पनि अन्य साना सडकमा भूमिगतको काम बढाउन बाँकी रहेको बताए।

११ वटा वितरण केन्द्रमध्ये २ वटा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका विद्युतीय तार भूमिगतको काम भइरहेको छ।

भक्तपुर र ललितपुरका दुईदुई वटा वितरण केन्द्रका विद्युतीय तार भूमिकगत बनाउने ठेक्का मूल्यांकनको चरणम छ। अन्य ५ वटा वितरण केन्द्रका लागि विद्युत् भूमिगत गर्न ठेक्का हस्तान्तरण भइसकेको छ। कुलेश्वर, बालाजु, जोरपाटी, कोटेश्वर लगायतका विभिन्न पाँच स्थानमा विद्युतीय तार भूमिगत गर्न भारतीय कम्पनी लासान एन्ड टर्भो लिमिटेड कम्पनीलाई ठेक्का दिइएको हो।


प्राधिकरणले ३० महिनाभित्र उपत्यकाका चार सय किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजनासहित भारतीय कम्पनी केइआई इन्डस्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ। विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ। विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन।

तार भूमिगतको लागत

महाराजगन्ज र रत्नपार्कमा तार भूमिगत गर्न छुट्टाछुट्टै ठेक्का गरिएको छ। दुवैै ठेक्काका लागि कुल पौने ७ अर्ब रुपैयाँ लगानी छ। महाराजगन्जमा तीन अर्ब ८० करोड र रत्नपार्कमा साढे तीन अर्ब खर्च लाग्ने भएको छ।

अब उपत्यकाभित्र पूरै तार भूमिगत गर्न ११ अर्ब रुपैयाँ हाराहारीमा खर्च ाग्ने अनुमान छ। हालसम्म विद्युतीय तार भूमिगतका क्रममा ४० प्रतिशत हाराहारीमा खर्च भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 


प्रकाशित: Aug 26, 2021| 08:25 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।