शनिबार, जेठ २, २०८३

‘बलात्कारी बाबा’लाई जेलबाट निकाल्ने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
हरियाना - बलात्कार र हत्याका दोषी ‘बाबा’ राम रहिम अहिले जेल जीवन विताउँदैछन्। गुजरातको चूनावलाई मध्यनजर गरी उनलाई जेल बाहिर ल्याउने तयारी भइरहेको छ।
२०१७ अगस्टमा अदालतले उनलाई बलात्कार र हत्याको दोषी ठहर गरी जेल सजाय सुनाएको थियो। 

डेरा सच्चा सौदाका प्रमुख रहिममाथि कारबाही हुँदा भड्किएको दंगामा ३६ जनाभन्दा बढीको मृत्यु भएको थियो। उनको मुद्दामा फैसला भएको दुई वर्षपछि जेलमा चालचलन राम्रो रहेको भन्दै खेती गर्न उनलाई जेल बारिह ल्याउन खोजिएको हो।

जेलमा चालचलन राम्रो भएका व्यक्तिलाई दुई वर्षपछि ‘पैरोल’ दिने व्यवस्था भारतमा रहेको छ। यस्तो अवस्थामा जेल सजाय भोगी रहेका व्यक्ति केही दिनसम्म जेल बाहिर रहन सक्नेछन्।
बाबा रहिमलाई डेरा सच्चा सौदाको जग्गामाथि खेती गर्न बाहिर ल्याउन लागिएको हो।

तर, कतिपयले उनलाई जेल बाहिर ल्याए पुनः दंगा भड्किन सक्ने आशंका व्यक्त गरेका छन्। उनलाई पैरोल दिने कि नदिने भन्ने विषयमा अन्तिम फैसला हुन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।