आइतबार, साउन १७, २०८३

महिलाभन्दा पुरुष बढी यौन हिंसाको शिकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : इराकमा महिलाभन्दा बढी पुरुष यौन हिंसामा पर्ने गरेको जनाएका छन्।

बीबीसीले त्यस क्षेत्रमा गरेको अहिलेसम्मकै सबभन्दा ठूलो सर्वेक्षणमा सहभागीहरुले महिलाभन्दा बढी पुरुष यौन हिंसामा पर्ने गरेको बताएका छन्।

बीबीसीले अरब क्षेत्रमा गरेको उक्त सर्वेक्षणमा आफूलाई धार्मिक व्यक्ति भन्न नरुचाउनेको संख्या बढेको छ। अरब क्षेत्रको ११ वटा देशमा गरिएको सर्वेक्षणमा २०१३ भन्दा २०१८–१९ मा आफूलाई धार्मिक नभन्नेहरुको संख्या बढेको छ।

ट्युनिसियाका झण्डै ३५ प्रतिशत, लिबियाका झण्डै ३० प्रतिशत, अल्जेरिया र लेबनानका झण्डै २० प्रतिशत तथा इजिप्ट र सुडानका झण्डै १० प्रतिशतले आफूलाई धार्मिक व्यक्ति भन्न रुचाउँदैनन्।

यसैगरी अरबका अधिकांश देशका मानिसले महिलाको नेतृत्व स्वीकार गर्न चाहेका छन्। उनीहरुले देशको प्रमुखमा राष्ट्रपति अथवा प्रधानमन्त्री महिला हुनु पर्ने र उनको निर्णय स्वीकार गर्ने
बताएका छन्।

लेबनानका ८० प्रतिशतभन्दा बढी, मरक्कोका ७५ प्रतिशत, ट्युनिसिया र इराकका झण्डै ६५ प्रतिशतले महिलाको नेतृत्व स्वीकार गर्न तयार छन्।
अल्जेरियामा मात्र महिलाको नेतृत्व स्वीकार गर्नेको संख्या कम रहेको छ। मात्र ३५ प्रतिशत अल्जेरियनले महिलाको नेतृत्व स्वीकार गर्न चाहेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।