शनिबार, असोज १०, २०८३

विश्वकप दाबेदार अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- विश्वकपको दाबेदारका रुपमा हेरिएका दुई टोली आयोजक इंग्ल्यान्ड र अष्ट्रेलिया आज (मंगलबार) आमने सामने हुँदै छन् । ६ खेलमा चार जित निकालेको इंग्ल्यान्ड अंक तालिकोको चौथो स्थानमा छ । विश्वकपको दाबेदार मानिएको यस टोलीलाई शीर्ष चारमा स्थान बनाउन बाँकी तीन खेलमा दुई खेल जित्नै पर्ने छ । 

तर, इंग्ल्यान्डका लागि त्यो भने त्यती सजिलो छैन् । किनकी इंग्ल्यान्डले अष्ट्रेलिया पछि न्युजल्यान्ड र भारतको सामना गर्दै छ । पछिल्लो २७ बर्ष यता इंग्ल्यान्डले विश्वकपमा अष्ट्रेलिया, न्युजल्यान्ड र भारतसँगै कुनै खेल जितेको छैन् । 

इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्डले पछिल्लो दुई वर्ष यता एकै नासको प्रदर्शन गरिरहेको छ । रोय घाइले हुँदै मैदान बाहिरिनु इंग्ल्यान्का लागि ठुलो क्षती हो। यता अष्ट्रेलियाले जारी विश्वकपमा धमाकेदार प्रदर्शन गरेको छ। 

अष्ट्रेलियाले ६ खेल मध्यबाट ५ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान लयमा देखीएका छन् । त्यस्तै बलरको पनि प्रदर्शन उच्च रहेको छ । तर, पछिल्लो १० खेलमा हेर्ने हो भने अष्ट्रेलियामाथी इंग्ल्यान्ड हाबी देखीएको छ । 

पछिल्ला १० खेलमा इंग्ल्यान्डले ९ खेलमा जितेको छ । यो खेल दुबै टोलीका लागि धेरै महत्वपूर्ण छ । त्यसैले दुबै टोली खेल आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।