बिहीबार, वैशाख ३, २०८३

जापान कोपा अमेरिकाबाट बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजन्सी- जापान ब्राजिलमा जारी कोपा अमेरिकाबाट बाहिरिएको छ । मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग १-१ को बराबरी खेल्दै दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । 

तीन खेल खेलेको जापानले २ अंक जोड्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्तय गरेको छ । जापान समूह चरणको तेस्रो स्थानमा रहेपनि उत्कृष्ट दुई भित्र पर्न सकेन् ।

समूह ‘बी’मा समान अंक भएको पाराग्वे गोल अन्तरका आधारमा क्वाटरफाइनमा प्रवेश गरेको छ । त्यस्तै तेस्रो स्थानको उत्कृष्ट दुईटोली भित्र समूह ‘ए’बाट पेरु क्वाटरफाइनलमा प्रवेश गरेको छ । पेरुले तीन खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको थियो । 

इक्वेडरसँग भएको खेलमा जापानले सुरुवाती अग्रता लिएको थियो । अग्रता जोगाउन नसक्दा जापानले इक्वेडरसँग १-१ को बराबरी खेलेको हो । खेलको १५ औं मिनेटमा जापानले अग्रता लिएको थियो । जापानलाई शोया नाकाजिमाले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर, खेलको ३५ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै टालीले थप गोल गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो । यस समूहबाट उरुग्वे समूह विजेता र चिली उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।