बिहीबार, वैशाख ३, २०८३

बंगलादेश विजयी, अफगानिस्तानको लगातार सातौं हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । सोमबार भएको खेलमा बंगलादेशले दिएको २ सय ६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा सबै विकेट गुमाउदै मात्र २०० रन बनाउन सक्यो । 

अफगानिस्तानका लागि शामीउल्लाह शिनवारीले अविजित रहदै ४९ रन बनाएा पनि टोलीको जितका लागि प्रयाप्त भएन । उनले ५१ बलमा ३ चौाका र १ छक्काको मद्दतमा ४९ रन जोडेका थिए । त्यस्तै  कप्तान गुल्बादीन नाइबले ४७ रन जोडे । उनले ७५ बलमा ३ चौका सहित ४७ रन जोडेका हुन् । 

रहमत साहले ३५ बलमा ३ चौका सहित २४ रन जोड्दा, नाजिब उल्लाहले २३ रन जोडे । अस्घर अफगानले २० तथा हस्मतुल्लाह शाहिदी र इक्रम अली खलीले समान ११-११ रन जोडे । बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ५ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमानले दुई तथा मोहम्मद सैफुदिन र मोसादेक होसेइनले एक एक विकेट लिए ।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय पारी खेले । रहिमले ८७ बलमा ४ चौका र १ छक्काको मद्दतमा ८३ रन जोडेका थिए भने हसनले ६९ बलमा १ चौका सहित ५१ रन जोडेका थिए । 

त्यस्तै तामिम इकबालले ५३ बलमा ४ चौका सहित ३६ रन जोडे । मोसाडेक होसेनले २४ बलमा ४ चौका सहित ३५ तथा ममुदउल्लाहले २७ र लिटोन दासले १६ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ तथा दवलत जाड्रन र मोहमद नावीले एक एक विकेट लिए ।

प्रतियोगितामा यसजितसँगै तेस्रो जित निकालेको बंगलादेशले हाफ्नो शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । बंगलादेशले ७ खेलबाट ७ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । फगानिस्तानको भने यो लगातार साँतौ हार हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।