आइतबार, साउन १७, २०८३

अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँदिल्ली- भारतीय कांग्रेसका सांसद अधीर रञ्जन चौधरीले विंग कमाण्डर अभिनन्दन वर्तमानको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग गरेका छन्।

सोमबार भारतको लोकसभा बैठकमा आफ्नो धारणा राख्दै पश्चिम बंगालको बहरमपुरबाट निर्वाचित सांसद चौधरीले विंग कमाण्डर अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग गरेका हुन्।

अभिनन्दन पाकिस्तानको सीमामा हवाई आक्रमणका क्रममा पाकिस्तानले लडाकु विमान खसालीदिएपछि पक्राउ परेका थिए। पछि उनलाई पाकिस्तानले भारतमा सुपुर्दगी गरेको थियो।

भारतले अभिनन्दनलाई साहसिक कमाण्डर भन्दै पाकिस्तानको कब्जाबाट भारत फर्किएपछि उच्च सम्मान दिएको थियो।

लोकसभाको बैठकमा सांसद चौधरीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि र अघिल्लो चुनावका शीलशीलामा गरेका बाचाहरु पुरा गरे कि गरेनन् भन्ने प्रश्न जोडदार रुपमा उठाएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।