मंगलबार, चैत ३, २०८२

ट्रम्प र सी भेट्ने भएपछि एसियाको सेयर मार्केटमा उछाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- व्यापार युद्ध गरिरहेका अमेरिका र चीनका राष्ट्रपतिबीच भेट हुने भएपछि एसियाको सेयर मार्केटमा उछाल आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले अमेरिकी सामानमाथिको कर वृद्धि गर्दै व्यापार युद्ध सुरु गरेका थिए। प्रत्युउत्तरमा चीनले पनि कर बढाएको थियो।

यसबाट विश्वकै दोस्रो ठूलो चिनियाँ मोबाइल कम्पनी हुवावे समस्यामा परेको छ। पछिल्लो समय दुवै देशबीचको सम्बन्ध खराब मानिएको छ। अमेरिका र चीन तथा अमेरिका र भारतबीच देखिएको व्यापार युद्धका कारण एसियाको सेयर मार्केट तल झर्न थालेको थियो।

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यसै साता जापानमा हुने जी २० सम्मेलनमा भेटघाट हुने भएको छ। दुवै देशका राष्ट्र प्रमुखबीच व्यापार युद्ध समाप्त गर्ने विषयमा छलफल हुने आसले एसियाको सयर मार्केट बढेको विश्लेषकहरुको भनाइ छ।

मार्केटवाचकी रचेल कोनिङ बेल्सको एक रिपोर्टमा सोमबारदेखि एसियाका विभिन्न देशको सेयर मार्केटमा उछाल आएको देखाइएको छ।

यस क्रममा हङकङ, चीन, जापानसहित साउथ कोरिया, अस्ट्रेलियालगायतको सेयर मार्केट बढेको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री माइक मोम्पियोले भारत भ्रमण गर्दैछन्।

पछिल्लो समय भारत र अमेरिकाबीच पनि व्यापार सम्बन्धमा समस्या आएको छ। त्यसैगरी अमेरिका र इरानबीच पनि तनाव जारी छ। यसै विषयमा छलफल गर्न अमेरिकी विदेशमन्त्री मोम्पियोले भारत गर्न लागिएको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।