आइतबार, साउन १७, २०८३

शिक्षक लाइसेन्सको परीक्षा मंसिरमा

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको हो।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको हो।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए। उनले भने,  ‘अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेको र तत्काल लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना छैन।’

आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। आयोगले शिक्षक बढुवा, खुलातर्फको विज्ञापन गर्न नियमावलीमा संशोधन गरेपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।


प्रकाशित: Aug 25, 2021| 12:15 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्