बिहीबार, वैशाख ३, २०८३

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाईनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा कतारमाथी २-० गोलको जित निकाल्दै अर्जेन्टिनाले क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

क्वाटरफाईनलको जितका लागि लौटारो मार्टिनेज र सर्जियो अग्युरोले एक एक गोल गरे । पहिलो हाफमा १-० को अग्रता बनाएको  अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गरेको थियो । 

खेलको चौंथो मिनेटमा नै मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा खेलको ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण जित दिलाए । सुरुवाती दुई खेलबाट अर्जेन्टिना मात्र एक अंक जोडेको थियो ।

समुह चरणको अर्को खेलमा पाराग्वे कोलम्बियासँग पराजित भएपछि अर्जेन्टिना समुह उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । आईतबार राती नै भएको खेलमा कोलम्बियाले पाराग्वेलाई १-० ले पराजित गरेको हो । यससँगै कोलम्बिया सतप्रतिशत जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।