बिहीबार, वैशाख ३, २०८३

दक्षिण अफ्रीकाका लागि पाकिस्तानको विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले जितका लागि दक्षिण अफ्रीकालाई ३ सय ९ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितलेर पहिले ब्यटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनाएको हो । 

पाकिस्तानको पहिलो विकेटका लागि ओपनर ब्याट्सम्यान फखर जमानले अर्का ओपनर ब्याट्सम्यान इमाम उलल हकसँग ८१ रनको साझेदारी गरेका थिए । फखरले ५० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडेका थिए । 

त्यसपछि दोस्रो विकेटको रुपमा गुमाएको इमामले पनि ४४ रनको योगदान दिए । उनले ५८ बलमा ६ चौकमा प्रहार गर्दै ४४ रन जोडका हुन् । तेस्रो विकेटका रुपमा मोहम्मद हाफीजलाई २० रनमा गुमाउँदा चौथो विकेटको रुपमा बाबर अजामले अर्धशतकीय पारी खेले । 

फखर पेभिलिएन फर्किएपछी मैदान छिरेका बाबरले ८० बलमा ७ चौकाको मद्दतमा ६९ रन जोडे । त्यस्तै मोहम्मदको स्थानमा मैदान छिरेका हरिस सोहाइलले पनि अर्धशतकीय पारी खेले । उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८९ रनको अर्धशतकीय पारी खेलेका हुन् । इमाद वासिमले २३ रन जोडे । 

दक्षिण अफ्रीकाका लागि लुङ्गी नगिडीले तीन विकेट लिए । त्यस्तै इमरान ताहिरले दुई तथा एन्डीले फेहलुक्वायो र एइडेन मारक्रमले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।