मंगलबार, साउन २६, २०८३

आर्मीसँग फ्रेन्ड्स क्लब पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबल विभागीय टिम त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । आइतबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-० गोलले पराजित गरेको हो । 

आर्मीको जितका लागि विशाल बस्नेत र जय अधिकारीले एक एक गोल गरे । आर्मीले दुबै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलको चौथो मिनेटमा नै विशालले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । 

त्यस्तै ३८ औं मिनेटमा जय अधिकारीले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुबै टोलीबाट कसुनै थप गोल हुननसक्दा खेल आर्मीले २-० ले जितेको हो । 

यस जितसँगै समूह ‘बी’मा रहेको आर्मीले ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । लिग कम नकआउट पद्वतीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । सहभागि १४ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।