एजेन्सी- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली तथा तिब्र गतिका बलर जसप्रित बुमराहले ३ अगस्टमा हुने वेस्टइन्डिजविरुद्धको खेल नखेल्ने भएका छन् ।
अमेरिका र क्यारेबियामा हुने तीन तीन टी-२० र एकदिवसीय सिरिजका लागि कोहली र बुमराहलाई आराम दिने बिसिसिआईले जनाएको छ । कोहली अष्ट्रेलिया सिरिज सुरु भएदेखी खेलि रहेकाले उनलाई विश्राम दिने बिसिसिआईले जनाएको हो ।
तर, दुबै खेलाडी टेस्ट श्रृंखला भन्दा पहिले नै भारतीय टोलीमा फर्किने बताइएको छ । विश्वकप पछि केही अन्य खेलाडीलाई पनि विश्राम दिन सकिने छ । यदि भारत विश्वकपको फाइनल पुगे मुख्य खेलाडी १४ जुलाई सम्म खेल्ने छन् ।
पहिलो टेस्ट २२ अगस्टबाट सिुरु हुने छ । त्यसैले पनि टेस्टका लागि अन्य मुख्य खेलाडीलाई पनि आरामका लागि प्रयाप्त समय रहेको छ । कोहली र बुमराह १७ देखी १९ अगस्ट भित्र टोलीमा फर्कि सक्ने बिसिसिआईले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४