मंगलबार, चैत ३, २०८२

दिल्लीमा महिला पत्रकारमाथि गोली प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा एक महिला पत्रकारमाथि गोली प्रहार भएको छ । 

दिल्लीको मयूर विहार इलाकामा धर्मशील क्यान्सर अस्पतालको रेड लाइट नजिक गएराति साढे १२ बजे आसपासको समयमा गोली प्रहार भएको र अपराध सम्बन्धी रिर्पोटिङ गर्ने पत्रकार मिताली चन्दोलाको हातमा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइते पत्रकार चन्दोलालाई धर्मशीला अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । चन्दोला चढेको गाडीमा दुई गोली प्रहार गरिएको साथै अण्डाले पनि प्रहार भएको जनाइएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा यो घटना पत्रकार चन्दोलाको व्यक्तिगत रिसिइबीका कारण भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।

घटना पारिवारिक विवाद वा लुटपाटको हो भन्नेबारे पनि छानबिन भइरहेको जनाइएको छ ।

केही दिनअघि दिल्लीको दक्षिणी क्षेत्र बारापुला फ्लाईओभरमा एक टिभी च्यानलको टिमका रात्रीकालीन कर्मचारीको क्याबमा लुटपाट तथा फायरिङ भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।