बिहीबार, वैशाख ३, २०८३

भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-  भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ३-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

भेनेजुएलाको जितका लागि डर्विन माचिसले दुई तथा जोसेफ मार्टिनेजले एक गोल गरे । बोलिभियाका लिओनेल जस्टिनियानोले एक गोल फर्काएका थिए । खेलको दुई नमनेटमा नै माचिसले गो गर्दै अग्रता दिलाएका थिए । माचिसको गोलबाट नै भेनेजुएलाले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । 

त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुगेको थियो । ५५ औं मिनेटमा माचिसले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ८२ औं मिनेटमा बोलिभियाका लिओनेल जस्टिनियानोले एक गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर त्यसको चार मिनेट नबित्दै भेनेजुएलाका जोसेफले गोल गर्दै ३-१ को जित दिलाए ।

जितसँगै समूह 'ए' को भेनेजुएला समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पराजित बोलिभिया प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । यस समूहबाट ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।