एजेन्सी- आयोजक राष्ट्र ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।
ब्राजिलको जितका लागि कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा कासीमिरोलृ गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
त्यस्तै १९ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै अग्रता दोब्बर पार्दा ३२ औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिलको अग्रता तेब्बरपारे । यस गोलसँगै पहिलो हाफमा ३-० ले अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ५३ औं मिनेटमा अल्भेसले गोल गर्दै गरे । त्यसपछि खेलको अन्तिम मिनेटमा विलियनले गोल गरेपछि ब्राजिल ५-० को फराकिलो जित सहित प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४