बिहीबार, वैशाख ३, २०८३

न्युजल्यान्ड शीर्ष स्थानमा, वेस्टइन्डिज पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेस्टइन्डिजलाई पराजित गर्दै न्युजल्यान्ड आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेस्टइन्डिजलाई ५ रनले पराजित गर्दै न्युजल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो ।

न्युजल्यान्डले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४९ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय ८६ रन बनाउन सक्यो । वेस्टयन्डिजका लागि लागि कार्लोस ब्रैथवेटले १ सय १ रनको शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन । त्यस्तै क्रिस गेलले ८७ रनको अर्धशतकीय पारी खेल्दा शिम्रोन हिटमायरले ५४ रन बनाए । न्युजल्यान्डका ट्रेण्ड बोल्टले ४ तथा लक्की फर्गुसनले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन जोडेको थियो । खराव सुरुवात गरेको न्युजल्यानडका लागि कप्तान केनले उत्कृष्ट शतकीय पारी खेल्दै टोलीको स्केर उकासेका थिए । वेस्टइन्डिजका शेल्डोन कोट्रेलको पहिलो ओभरको पहिलो बलमा नै मार्टिन गुप्टिल एलबिडब्लु आउटै हुँदै पेभिलिएन फर्किए पछि मैदान छिरेका केनले शतकीय पारी खेले । 

सोहि ओभरको पाँचौ बलमा कोलिन मोन्रो पेभिलिएन फिर्कए पछि धरमराएको न्युजल्यान्डको ब्याटिङलाई कप्तानी पारी खेल्दै उकासेका थिए । उनले तेस्रो विकेटका लागि रोज टेयलरसँगै १६० रनको साझेदारी गरे । केनले १५४ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनको उत्कृष्ट शतकीय पारी खेलेका हुन् । यो जारी विश्वकपमा उनको दोस्रो शतक हो । 

त्यस्तै रोज टेयलरले अर्धशतकीय पारी खेले । उनले ९५ बलमा ७ चौकाको मद्दतमा ६९ रनको योगदान दिए । जेम्स नीशामले २८, कोलिन डि ग्रान्डोम्मेले १६, टोम लाथमले १२ र माचिले सान्टनरले १० रन जोडे । वेस्टइन्डिजका लाीग शेल्डोन कोट्रेलले सर्वाधिक चार विकेट लीए । त्यस्तै कार्लोस ब्राथवेटेले दुई तथा क्रिस गेलले एक विकेट लिए । यसजितसँगै न्युजिल्याण्डले ६ खेलबाट ११ अंक जोडेको छ । पराजित वेष्ट इण्डिजले ६ खेलबाट ३ अंक जोडेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।