आज असार ७ गते शनिबार विश्वभर के के भयो ? हेर्नुहोस् मुख्य–मुख्य घटनाहरु
१. साईप्रसका पूर्वराष्ट्रपति डेमेट्रिस क्रिस्टोफिआजको ७२ वर्षको उमेरमा निधन भएको छ। उनका निजी चिकित्सकले शुक्रबार प्रकाशित गरेको विज्ञप्तिमा उनको निधन भएको जानकारी दिइएको छ।

२. मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडोर आप्रबासी शरणार्थी समस्याबारे अमेरिकी राष्ट्रपति लगायत उच्च अधिकारीसँग छलफल गर्न आगामी सेप्टेम्बरमा वासिङ्टन जाने भएका छन्।

३. रुसी राष्ट्रपती पुटिनले छिमेकी मुलुक जर्जियालाई हवाई सम्पर्कबाट बञ्चित गरेका छन्। पुटिनद्वारा शुक्रवार जारी एउटा विज्ञप्तीलाई उल्लेख गर्दै अन्तरराष्ट्रिय स्ञ्चार माध्यमहरुले यस्तो जनाएका हुन्। बिगत केही समय यता रुस र जर्जिया बिचको मैत्री सम्बन्धमा आपसी असमझदारी बढ्दै गएको छ।

४. अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन्।

५. हवाईको ओआहु टापुमा यात्रुबाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ। शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

६. श्रीलंकामा संकटकालीन अवस्थाको समयाबधि लम्ब्याइएको छ। श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार त्यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारले जनाएको छ।

७. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गरेका छन्। शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा उनीहरु बीच इरानका बारेमा चर्चा भएको श्रोतले जनाएको छ।

८. अमेरिकी आक्रमणले यस क्षेत्रमै प्रभाव पर्ने इरानको चेतावनी रहेको छ। वासिङ्टनबाट उसको हितका लागि तेहरानविरूद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ।

९. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो।

१०. मध्यपूर्वमा प्यालेस्टाइनको गाजा क्षेत्रमा दंगा भड्किएको छ। इज्रायल र प्यालेस्टाइन विद्रोही बिच भएको उक्त संघर्षमा ८१ जना प्यालेस्टाइन जनताहरु घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४