बिहीबार, वैशाख ३, २०८३

अफगानिस्तालाई भारतको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय क्रिकेट टोलीले अफगानिस्तानलाई जितका लागि २ सय २५ रनको सामान्य लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकट गुमाउँदै २ सय २४ रन जोडेको हो ।
 
भारतका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । ओपरन ब्याट्सम्यान रोहित शर्मा १ रनमा पेभिलियन फर्के पछि मैदान प्रवेश गरेका कप्तान कोहलीले ६७ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

उनले ६३ बलमा ५ चौका प्रहार गर्दै ६७ रनको योगदान दिए । कोहलीले दोस्रो विकेटका लागि अर्का ओपनर ब्याट्सम्यान केएल राहुलसँग ५८ रनको साझेदारी गरेका थिए । राहुल ५३ बलमा २ चौका प्रहार गर्दै ३० रनमा पेभिलिएन फर्किए ।

त्यस्तै केदार जाधवले अर्धशतकीय पारी खेले । उनले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५२ रनको अर्धशतकयि पारी खेलेका हुन् । विजय शंकरले ४१ बलमा २ चौका सहित २९ रन जोड्दा महेन्द्र सिंह धोनीले ५२ बलमा ३ चौका सहित २८ रन जोडे ।

अफगानिस्तानका लागि मोहम्मद नाबी र गुल्बादिन नाइबले दुई दुई विकेट लिए । त्यस्तै मुजिव उर रहमान, राशिद खान, अफताब आलम र रहमत शाहले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।