शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ दलका शीर्ष नेताको बैठक बिहीबार बिहान साढे ८ बजे, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

सत्तारुढ दलका शीर्ष नेताको बैठक बिहीबार बिहान साढे ८ बजे, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान बस्ने भएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान बस्ने भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर निकट स्रोतका अनुसार बिहीबार बिहान साढे ८ बजेका लागि सत्तारुढ दलको बैठक तय गरिएको हो। 

'सत्तारुढ दलका शीर्ष नेताको बैठक भोलि बिहान साढे ८ बजे बोलाइएको छ,' देउवा निकट स्रोतले भन्यो। बैठकमा मन्त्रालय बाँडफाटबारे छलफल गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा पनि बैठकमा छलफल हुन सक्ने बताइएको छ। 

यसअघि नै सत्ता पक्षीय गठबन्धन बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको थियो।

प्रकाशित: Jul 28, 2021| 19:30 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...