एजेन्सी- भारत र पाकिस्तानमा पछिल्लो दश वर्षमा परमाणु बमको संख्या दुई गुणाभन्दा धेरै भइसकेको छ। यसै वर्ष पाकिस्तानले भारतले भन्दा बढी परमाणु बम बनाएको छ।
संसारभर हतियारको अवस्था र विश्वको सुरक्षाको विश्लेषण गर्ने स्वीडेनको संस्था स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिीच्युटले आफ्नो नयाँ रिर्पोटमा यस्तो खुलासा गरेको हो।
इन्स्टिीच्युटको परमाणु निशस्त्रीकरण, शस्त्र नियन्त्रण र अप्रसार कार्यक्रमका निर्देशक शेनन कोइलले बीबीसीसँगको कुराकानीमा संसारमा परमाणु हतियारको कुल उत्पादन कम भएको तर दक्षिण एसियामा भने उत्पादन बढिरहेको बताएका छन्।
उनले भने, सन् २००९ मा हामीले भनेका थियौं भारतसँग ६० देखि ७० परमाणु बम छन्। सो समयमा पाकिस्तानसँग ७० वटा परमाणु बम थिए। तर त्यसको दश वर्षको अबधिमा दुबै देशले आफ्नो देशमा परमाणु बमको संख्या धेरै बढाएका छन्।
शेनन कोइलले पाकिस्तानसँग अहिले भारतसँग भेन्दा धेरै परमाणु बम रहेको बताए। विभिन्न स्रोतहरुबाट संकलन गरिएको जानकारीअनुसार भारतसँग अहिले १३० देखि १४० वटा सम्म परमाणु बम रहेका छन् भने पाकिस्तानसँग १५० देखि १६० वटा परमाणु बम रहेका छन्।
शेनन कोइलका अनुसार अहिले भारत र पाकिस्तानबीच बढ्दो तनावले दुबै देशले परमाणु हतियारको संख्या थप्न बाध्य बनाएको छ।
तर दुबै देशको बीच परमाणु हतियारको कुनै प्रतिस्पर्धा देखिएको छैन, जसरी शितयुद्धको समयमा अमेरिका र रुसबीच देखिएको थियो।
कुन देशसँग कति परमाणु बम ?
रुस ६५००
अमेरिका ६१८५
बेलायत २००
फ्रान्स ३००
चीन २९०
पाकिस्तान १५०–१५०
भारत १३०–१४०
इजरायल ८०–९०
उत्तर कोरिया २०–३०
शेनन कोइनले भारत र पाकिस्तानमा परमाणु हतियार कार्यक्रमका लागि बजेटमा प्राथमिकता दिइने गरेको छ। तर सरकारले उक्त कार्यक्रममा कति खर्च गरेको हुन्छ भन्ने कुरा गोप्य राख्ने गरिन्छ।
बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४