शनिबार, असोज १०, २०८३

चिलीको लगातार दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कोपा अमेरिका फुटबल अन्तरगत साविकको विजेता चिलीले लगातार दोस्रो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै चिलीले लगातार दोस्रो जित निकालेको हो ।

चिलिको जितका लागि जोसे फियुनजालीडा र एलेक्सिस सान्चेजले एक एक गोल गरे । इक्वेडरका इन्नर भ्यालेन्सियाले एक गोल फर्काए । खेलको ८  औं मिनेटमा नै चिलीले अग्रता लिएको थियो । 

जोसे फियुनजालीडाले गोल गर्दै चिलीलाई अग्रता दिलाए । तर २६ औं मिनेटमा इक्वेडरका भ्यालेन्सियाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरी भएको खेलको दोस्रो हाफमा चिलीले थप एक गोल गर्यो । 

खेलको ५१ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा इक्वेडरका गाब्रियल एचिलरले रातो कार्ड बाहिरिएको खेलमा थप गोल हुन नसक्दा खेल चिलीले २-१ ले जितेको हो ।  

जितसँगै समूह सी को चिलीले २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पराजित इक्वेडर २ खेलमा अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।