एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक इंग्ल्यान्डलाई जितका लागि २ सय ३३ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको हो ।
खराव सुरुवात गरेको श्रीलंकाका लागि एन्जेलो क्याथ्युजले अर्धशतकीय पारी खेले । उनले ११५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ८५ रनको अविजित अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै अविस्का फर्नान्डो अर्धशतक बनाउनबाट १ रनले चुके भने कुसल मेन्डिज ४ रनले चुकेका थिए ।
फर्नान्डोले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडेका थिए । कुसलले ६८ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन जोडेका थिए । धनन्जय सिल्भाले ४७ बलमा १ चौका सहित २ढ रन जोडे ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क वुडले तीन तीन विकेट लिए । त्यस्तै अडिल राशिदले दुई तथा क्रिस वोक्सले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४