बुधबार, वैशाख २, २०८३

एसइई फुटसल कपको उपाधि समृद्धिलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नाइटिङ्गेल कलेजको आयोजनामा सञ्चालीत दुई दिने एसइई फुटसल कपको समृद्धि उपाधि कलेजले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक टोलीलाई पराजति गर्दै प्रतियोगिताको उपाधि समृद्धि प्लस टुले जितेको हो ।  

कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा नकआउट पद्धतीमा भएको खेलमा ८ टिमको सहभागीता रहेको थियो।  एसइई दिइएर बसेका विद्यार्थीहरुको समुहमिलाएर ८ वटा टीमका विभाजन गरिएको थियो ।  

प्रतियोगिताको विजेता बनेको समृद्धिले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विधागततर्फ समृद्धिका चन्दनकुमार दास बेष्ट प्लेयर घोषित भए । त्यस्तै नाइटिङ्गेलका निखिल कार्की वेष्ट किपर तथा नाइटिङ्गेलकै पुकार बलामी हाई स्कोरर घोषित भए ।  

विधागत तर्फ विजेता खेलाडीले आयोजक नाइटिङेगेल कलेजको तर्फबाट नगद पुरस्कार, मेडल र सर्टिफिकेट सहित कक्षा ११ मा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । 

वितेता खलाडीलाई कार्यक्रमका प्रमुख अतिथि नाइटिङ्गेल कलेजका संस्थापक तथा सांसद तेजुलाल चौधरीले नगद पुरस्कार, मेडल र सर्टिफिकेट प्रदान गरेका थिए । त्यसैले सांसद चौधरीले नाइटिङ्गेल कलेजका विद्यार्थीहरुका लागि अन्तराष्ट्रिय स्तरको फुटसल मैदान, क्रिकेट पिचलगायत टेबल टेनिस र अन्तराष्ट्रिय कोचहरुद्वारा भलिबल प्रशिक्षण गराउने प्रतिबद्धता गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।