मंगलबार, साउन २६, २०८३

नेयमारका लागि बार्सिलोनाको यस्तो प्रस्ताव 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पिएसजी)बाट ब्राजिलियन स्टार खेलाडी नेयमालाई क्लबमा फिर्ता बोलाउन पहिलो पटक प्रस्ताव गरेको छ । बार्सिलोनाले नेयरमालाई क्लबमा फिर्ता गर्न मोटो रकमको प्रस्ताव गरेको हो । 

बार्सिलोनाले आफ्ना ब्राजिलियन खेलाडी फिलिप्पे काउटिन्होसँगै १०० मिलियन युरोको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । रिपोर्टका अनुसार २७ वर्षीय नेयमार पनि बार्सिलोनामा पुनः अनुबन्ध हुन् उत्साहित भएको जनाएको छ । त्यस्तै नेयमारले मोटो रकम र एक स्टार खेलाडीको प्रस्ताव पिएसजीले स्विकार गर्नेमा विश्वस्त रहेको बताएका छन् । 

यसअघि नेयमारका लागि अर्को स्पेनिस महारथी क्लब रियल मड्रिडले आफ्नो स्टार खेलाडीसँगै मोटो रकमको प्रस्तान गर्ने तयारी गरेको जनाइएको थियो । रियलले नेयमारका लागि ग्यारेथ बेललाई दिने रियलका प्रशिक्षक जिनेदिन जिदानले बताएका थिए । 

पछिल्लो समय नेयमरा खुट्टाको चोटका कारण मैदान बाहिर रहेका छन् । कतारसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा चौट पुनः बल्झिएपछि उनी घरेलु मैदानमा आयोजना भएको कोप अमेरिकाको टोलीबाट नै बाहिरिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।