बुधबार, वैशाख २, २०८३

विश्वकपमा सहभागी टिम किन फेर्दै छन् जर्सी?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमले आफ्नो जर्सी फेर्ने भएका छन् । आइसिसीको नयाँ नियम अनुसार सहभागी केही टिमले आफुले नियमित प्रयोग गर्दै आएको जर्सी फेर्न लागेका हुन् । 

भारतले आफुले नियमित प्रयोग गर्दै आएको निलो रंगको जर्सी आयोजक टोली इंग्ल्यान्डविरुद्ध हुने खेलमा बदल्ने भएको छ । उक्त खेलमा भारत गेरु रंगको जर्सी इंग्ल्यान्डविरद्ध मैदान उत्रिने छ । 

त्यसोत यसअघि भारतले अफगानिस्तानविरुद्धको खेलमा जर्सी परिवर्तन गर्ने बताइएको थियो । तर, यो प्रस्ट भएको छ की भारतले इंग्लयान्विरुद्धको खेलमा जर्सी परिवर्तन गर्ने छ । 

किन बदल्दै छन् टिम जर्सी?

आइसिसीका अनुसार एकै रंग भएका दुई टिमसँगै आमने सामने भएका बेला यो नियम लागु गरिने छ । भारत, इंग्ल्यान्ड, श्रीलंका र अगानिस्तानको जर्सीको रंग लगभग मिल्दो जुल्दो छ । यी बसै निलो जर्सीमा खेल्ने टोली हुन् । 
Image
खेल दौरान दर्शकलाई कुनै प्रकारको भ्रम नहोस् भन्दै आइसिसीले यी टिमको खेलल दौरान कुनै एक टिमले आफ्नो वैकल्पिक जर्सीको प्रयोग गर्दै मैदानमा उत्रिनु पर्ने छ । यस्तो नियमा खासगरी फुटबलमा देखिन्छ । आइसिसीले पनि यस्तै गरी विश्वकपका दौरान दुई टिमको जर्सीको रंग मिल्दो जुल्दो भए कुनै एक टिमले आफ्नो वैकल्पिक जर्सीको प्रयोग गर्नु पर्ने छ । 

कुन कुन टिमको जर्सीको रंग बद्लीदै?

भारतीय टोली इंग्ल्यान्डविरुद्धको खेलमा गेरु रंगको जर्सी लगाएर भिड्ने छ । त्यस्तै विश्वकपमा दौरान अफगानिस्तानी टिम जब श्रीलंका, इंग्ल्यान्ड वा भारतविरुद्ध खेल्ने छ तब उसको जर्सी रंग रातो हुने छ । पाकिस्तानविरुद्धको खेलमा बंगलादेशले रातो रंगको जर्सीको प्रयोग गर्ने छ ।  

दक्षिण अफ्रीकी टिमले विश्वकप दौरान बंगलादेश र पाकिस्तानविरुद्धको खेलमा गोल्डेन रंगको जर्सी प्रयोग गर्ने छ । त्यस्तै इंग्ल्यान्ड र भारतविरुद्धको खेलमा श्रीलंकाको टिमले पहेंलो रंगको जर्सीको प्रयोग गर्ने छ । 

यस मध्य केही खेल सम्पन्न भैसकेका छन् भने केही खेल वर्षाले रद्द भएका थिए । अफगानिस्तानले इंग्ल्यान्डविरुद्धको खेलमा रातो रंगको जर्सी लगाएको थियो । त्यस्तै दक्षिण अफ्रीकाको टिमले पनि बंगलाादेशविरुद्धको खेलमा वैकल्पिक जर्सीमा खेलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।