बुधबार, वैशाख २, २०८३

डेम्बेलेका लागि लिभरपुलको प्रस्ताव अस्विकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-स्पेनिस क्लब बार्सिलोनाले आफ्ना स्ट्राइकर ओसमाने डेम्बेलेका लागि इंग्लिस क्लब लिभरपुलले गरेको प्रस्तावलाई अस्विकार गरेको छ । लिभरपुलले डेम्बेलेका लागि गरेको ९४ मिलियन पाउण्डको प्रस्तावलाई बार्सिलोनाले अस्विकार गरेको हो । 

लिभरपुलले आफ्नो अट्रयाकिङ पोजिसनलाई बलियो बनाउन डेम्बेलेलाई अनुबन्ध गर्न चाहेको थियो । तर, बार्सिलोनाले उनलाई यती सस्तैमा बेच्न नमानेको रिपोर्टमा उल्लेख छ । डेम्बेलेलाई २०१७ मा बार्सिलोनाले १३५ मिलियन पाउण्डमा बोर्सिया डर्टमन्डबाट अनुबन्ध गरेको थियो । 

क्याम्प नाउमा आफुलाई उत्कृष्ट प्रमाणित गर्न संघर्षरत डेम्बेलेले यस सिजन बार्सिलोनाका लागि सबै खाले ४२ खेल खेलेका थिए । तर, क्लबले यतिबेला एन्टोनी ग्रिजमन र नेयमारलाई अनुबन्ध गर्न रुचि देखाएको छ । डेम्बेलेले सबै खाले ४२ खेलमा १४ गोल र ८ असिस्ट समेत गरेका थिए । 

उनी यस सिजन बिबादमा समेत आएका थिए। प्रशिक्षण सेसन गुमाउनुका साथै आफ्नो व्यवहार र अनुशासनका कारण डेम्बेले बिबादमा आउने गरेका थिए । उनी ग्रिजमन वा नेयमार मध्य एक अनुबन्ध भएपनि क्लबबाट बाहिरिन सक्ने रिपोर्टमा उल्लेख छ । 

तर, यसअघि अप्रिलमा क्लबका अध्यक्ष जोसेप मारियाले डेम्बेले नेयमार भन्दा उत्कृष्ट रहेको बताएका थिए । उनले नेयमार कुनै पनि हालतमा क्लबमा नफर्किने तथा डेम्बेले र फिलिप्पे काउटिन्होका लागि नयाँ योजना रहेको बताएका थिए । उनले काटिन्हो र डेम्बेलेसँग खुसी रहेको समेत बताएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।