काठमाडौं- माल्दिभ्स लिग अन्तरगत आफ्नो डेब्यु खेलमा गोल गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरले टिसी स्पोर्ट्सलाई हारबाट जोगाएका छन् । बिहीबार भएको खेलमा १-० ले पछि परेको अनस्थानमा विमलले गोल गर्दै टिसीलाई हारबाट जोगाएका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा क्लब इगल्सले अग्रता लिएको थियो । खेलको ८२ औं मिनेटमा इगल्सका अलि फसिरले गमेल गर्दै अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा नेपाली स्ट्राइकर विमलले गोल गर्दै खेल बराबरीमा ल्याए । माल्दिभ्स लिगमा डेब्यु गरेका उनले हेडर मार्फत गोल गरेका थिए । पहिलो खेलमा ४-० ले विजयी रहेको टिसीले आफ्नो दोस्रो खेलमा इगल्ससँग १-१ को बराबरी खेलेका छ । यसअघि टिसीका लागि विमलले च्यारिटी सिल्डमा दुई गोल गर्दै सिजनको सुरुवातमा नै दिलाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४