बुधबार, वैशाख २, २०८३

सन्दीप र सोमपालले ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं-  नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर सोमपाल कामीले पहिलो पटक अन्तराष्ट्रय फ्रन्चाइज क्रिकेट लिग खेल्ने भएका छन् । बिहिबार भएको ड्राफ्ट अनुसार सोमपालले क्यानाडाको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग खेल्ने भएका हुन् । 

त्यस्तै राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण सदस्य तथा लेग स्पिनर  सन्दीप लामिछानेले उक्त लिग खेल्ने भएका छन् । ड्राफ्टबाट सन्दीपलाई टोरन्टो नेसनल्सले खरिद गरेको हो । यता सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् ।

सन्दीपले टोरन्टो नेसनल्सबाट खेलेबापत ६० हजार अमेरिकी डलर पाउने छन् भने सोमपालाई हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले लगातार दोस्रो सिजन क्यानाडाको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् । गत सिजन उनले मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । 

सन्दीपको टिमको मार्की प्लेयर भारतीय स्टार युवराज सिंह रहेका छन् । पहिलो पटक ग्लोबल टी-ट्वान्टी लिग खेल्न लागेका सोमपाल विदेशी फ्रेन्चाईज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् । यस सिजनको लिग आगामी जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।