एजेन्सी- बंगलादेशलाई पराजति गर्दै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले दिएको ३ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर मात्र ३३३ रन बनाउन सक्यो । बंगलादेशका लागि विकेटकीपर ब्याट्सम्यान मुस्फिकर रहिमले अविजित शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । उनले ९७ बलमा ९ चौका र १ छक्का सहित १०२ रनको अविजित शतकीय पारी खेलेका थिए ।
त्यस्तै ममुदउल्लाहले ५० बलमा ५ चौका र ३ छक्का सहित ६९ रनको अर्धशतकीय पारी खेल्दा तमिम इकबालले ७४ बलमा ६ चौका प्रहार गर्दै ६२ रनको अर्धशतकीय पारी खेलेका थिए । शकिब अल हसनले ४१ बलमा ४ चौका सहित ४१ रन जोड्दा लिटोन दासले २०, सौम्य सरकारले १० रन जोडे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क, मार्कुस स्टोनिस र नेइल कल्टरले दुई दुई तथा एडम जाम्पाले एक विकेट लिए ।
यसअघि ओपरन ब्याट्सम्यानल डेभिड वार्नरको उत्कृष्ट शतकको मद्दतले अष्ट्रेलियाले ३ सय ८१ रनको योगफल तयार पारेको थियो । वार्नरले १६६ रनको उत्कृष्ट शतकीय पारी खेलेका थिए।
उनले १४७ बलको सामना गर्दै १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन जोडेका हुन् । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । उनी जारी विश्वकपको एकै खेलमा सर्वाधिक रन जोड्ने खेलाडीको पहिलो स्थानमा छन् । उनको १६६ रन नै जारी विश्वकपको एक पारीको सर्वाधिक स्कोर हो ।
त्यस्तै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रन जोडेको अष्ट्रेलियका लागि आरोन फिन्च र उसमान ख्वाजाले खर्धशतकीय पारी खेले । ख्वाजाले ७२ बलमा १० चौका प्रहार गर्दै ८९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै कप्तान फिन्चले ५१ बलमा ५ चौका र २ छक्क सहित ५३ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३२ रन जोड्दा, मार्कुस स्टोयनिस १५ र एलेक्स क्यारी ११ रनमा अविजित रहे । बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिक तीन विकेट लिए ।
यस जितसँगै अष्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो हार भोगेको बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको पाँचौ स्थान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४