बुधबार, वैशाख २, २०८३

वार्नरको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ओपरन ब्याट्सम्यानल डेभिड वार्नरको उत्कृष्ट शतकको मद्दतले अष्ट्रेलियाले बंगलादेशलाई ३ सय ८२ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाका लागि वार्नरले १६६ रनको उत्कृष्ट शतकीय पारी खेलेका हुन् । 

उनले १४७ बलको सामना गर्दै १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन जोडेका हुन् । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । उनी जारी विश्वकपको एकै खेलमा सर्वाधिक रन जोड्ने खेलाडीको पहिलो स्थानमा छन् । उनको १६६ रन नै जारी विश्वकपको एक पारीको सर्वाधिक स्कोर हो । 

त्यस्तै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रन जोडेको अष्ट्रेलियका लागि आरोन फिन्च र उसमान ख्वाजाले खर्धशतकीय पारी खेले । ख्वाजाले ७२ बलमा १० चौका प्रहार गर्दै ८९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । 

त्यस्तै कप्तान फिन्चले ५१ बलमा ५ चौका र २ छक्क सहित ५३ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३२ रन जोड्दा, मार्कुस स्टोयनिस १५ र एलेक्स क्यारी ११ रनमा अविजित रहे । बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिक तीन विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।