बुधबार, वैशाख २, २०८३

नेयमारका लागि पिएसजीले तोक्यो विश्व कीर्तिमानी मुल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-  फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले आफ्ना ब्राजिलियन स्टार खेलाडी नेयमाका लागि विश्व कीर्तिमानी मुल्य तोक्यएको छ । अब उनलाई ला लिगामा पुनः फिर्ता गर्न चाहने क्लबले नेयमारका लागि विश्व कीर्तिमानी मुल्य तिर्नु पर्ने छ । 

नेयमारले पिएसजीमा लिग वानका पछिल्ला दुई सिजन बिताएका छन् । उनले पिएसजीका लागि दुई सिजनमा सबै खाले ५८ खेल खेल्दै ५१ गोल गरेका छन् । तर, उनले क्लबलाई यस सिजन छोड्न चाहेको सुझाब दिएका छन् । 

यतिबेला पूर्व क्लब बार्सिलोना र रियल मड्रिड नेयमारलाई अनुबन्ध गर्न चाहने क्लबको अग्रपंक्तिमा रहेका छन् । फ्रान्स मिडियाका अनुसार रियलले नेयमारका लागि विश्व कीर्तिमानी मुल्य २६७ मिलियन पाउण्डको माग गरेको छ । 

तर २७ वर्षीय नेयमारका लागि रियल र बार्सिलोना उक्त मुल्य तिर्न तयार हुन नसक्ने बताइएको छ । यता रिपोर्टका अनुसार पिएसजी र रियलबीच वेल्स स्ट्राइकर ग्यारेथ बेलका लागि ११५ मिलियन पाउण्ड र बाँकी नेयमारका लागि रियलले मुल्य तिर्ने सम्झौता भइरहेको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।