काठमाडौं- नाइटिङ्गेल कलेज एसईई फुटसल कपऔ २०७६ बिहीबारबाट सुरु भएको छ । नाइटिङ्गेल कलेजलको आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकामा एसइई दिएर बसेका विद्यार्थीहरुको सहभागीता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मिलाएर ८ टिममा विभाजन गरेको छ । प्रतियोगितामा १८ वर्षमुनिका विद्यार्थीले सहभागीता जनाएका छन् ।
सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा नकआउट पद्धतीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै टिम विजेताले त्यस कलेजको कक्षा ११ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछ । यस्तै विधागततर्फ बेस्ट प्लेयर, बेस्ट किपर र हाइस्कोररलाई प्रोत्साहन स्वरुप १ हजार नगर पुरस्कार, मेडल र सर्टिफिकेट प्राप्त गरिने आयोजकले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४