मंगलबार, चैत ३, २०८२

इरानले खसाल्यो अमेरिकी ड्रोन, वासिङ्टनद्वारा पुष्‍टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो।

आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले 'अमेरिकालाई स्पष्ट सन्देश दिएको' बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो।

तनाव
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्।

"हाम्रो आकाश हाम्रो रेड लाइन हो र इरानले त्यसको उल्लङ्घन गर्ने जुनसुकै देशलाई जवाफ दिनेगरेको छ," अर्थसरकारी समाचार संस्था तसनिममाले अली सम्खानी उद्धत गर्दै भनेको छ।

सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले 'उत्तेजक व्यवहार' देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

उक्त नयाँ तैनाथी गत महिना नै १५ सय सेना खटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणामा थपिएको हो।

अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ।

अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ।

इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।

घटनाक्रम

तेहरानले सन् २०१५ को परमाणु सम्झौताका अनुमति दिएको तीन सय किलोग्रामभन्दा बढि 'लो इनरिच्ड युरेनियम' दुई साताभित्र भण्डारण गर्ने बताएपछि तनाव चुलिएको थियो ।

इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पारिएको सन् २०१५ को उक्त सम्झौताबाट अमेरिका एक वर्षअघि पछि हटेको थियो।

यसअघि रुस र चीनले दुवै पक्षलाई विवेक र संयमता प्रयोग गर्न आग्रह गरेका थिए।

रुसी सहायक विदेशमन्त्री सर्गेई रियाबकफले अमेरिकाले जानाजान इरानलाई युद्धका लागि उक्साउने काम बन्द गर्नुपर्ने बताएका थिए।

चिनियाँ विदेश मन्त्री वाङ् यीको चेतावनी चाहीँ इरानमाथि थोपरिएको चर्को दबाबले पूरै मध्यपूर्वमा सम्हाल्न नसकिने खतरा उत्पन्न हुनसक्ने भन्ने थियो।

बीबीसी ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।