बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्सको सह-प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्सको सह-प्रायोजन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्सले सह-प्रायोजन गरेका छन्। असार १७ गते प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई  सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्सले सह-प्रायोजन गर्नेबारे बिहिबार एक वर्षे सम्झौता गरेका हुन्।

 तेस्रो साता आयोजना हुने अवार्डका लागि घोराही सिमेन्ट प्रालीको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स सह-प्रायोजकको रुपमा जोडिएका हुन् । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का तर्फबाट दुर्गानाथ सुवेदीले घोराही सिमेन्टका निर्देशक आदित्य संघाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाहसंग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार सगरमाथा सिमेन्टले अवार्डलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने टर्किस एयरलाईन्सले वर्षको उत्कृष्ट पुरुष र महिला विधाका विजेता खेलाडीलाई टर्किस एयरलाईन्सको सेवा भएको कुनैपनि गन्तब्यका लागि ५ लाख रुपैयाँ बराबरको दुईतर्फी टिकट उपलब्ध गराउनेछ। यस्तै एयरलाईन्सले मञ्चका सदस्य र मञ्चको सिफारिसमा राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।