एजेन्सी- कोपा अमेरिका अन्तरगत अर्जेन्टिानाले आफ्नो दोस्रो खेलमा पाराग्वेसँग बराबरी खेलेको छ । बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ को बरारबी खेलेको हो ।
पहिलो हाफमा १-० गोलले पछि परेको अर्जेन्टिनाले गोल हाफमा एक गोल गर्दै खेलमा फर्किएको थियो । खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाए ।
दोस्रो हाफमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । उनले खेलको ५७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । तर, त्यसपछ दुबै टोलीबा कुर्न थप गोल हुन नसक्दा खेल १-१ को बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै पाराग्वे समूह ‘बी’को दोस्रो स्थानमा छ। पाराग्वेले दुवै खेल बराबरी खेल्दै दुई अंक जोडेर दोस्रो स्थानमा छ। यता अर्जेन्टिना दुई खेलमा एक खेलमा पराजित र एक बराबरीसँगै १ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।
यस खेलमा बराबरी खेल्दै अर्जेन्टिनाको क्वाटरफाइनल पुग्ने झिनो सम्भावना भने जिवित रहेको छ । अब आफनो समूह चरणको अन्तिम खेलमा २३ जुनमा एशियाली राष्ट्र कतारसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४