मंगलबार, साउन २६, २०८३

‘पिएसजी छोड्न नेयमारको ढोका खुल्ला’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलियन स्ट्राइकर नेयमारले पेरिस सेन्ट जर्मन (पिएसजी)का अध्यक्ष नाजिर अल खेलाइफीसँग आफु बार्सिलोना जान चाहेको बताएका छन् । स्पेनिस मिडियाका अनुसार नेयमारले स्पेनिस क्लब बार्सिलोनामा फर्किन चाहेको बताइएको हो । 

२७ वर्षीय नेयमारले आफु पिएसजीमा खुसी नरहेको र बार्सिलोना फर्किन चाहेको रिपोर्टमा उल्लेख छ । मुन्डो डिपोर्टिभोका अनुसार नेयमारले व्यक्तिगत रुपमा क्लबमा अध्यक्ष अल खेलाइफीसँग भेटरेरै आफ्नो बार्सिलोना फर्किन चाहेको इच्छा व्यक्त गरेका जनाएको छ । 

‘म यो भन्दा बढी पिएसजीका लागि खेल्न सक्दीन् । म त्यो घर जान चाहन्छु, जहाँ कहिलै छोड्ने छैन्,’ नेयमारले अध्यक्ष अल खेलाइफीसँग भनेको रिपोर्टको दाबी छ । 

रिपोर्टमा यो पनि उल्लेख गरिएको छ की पिएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमारका लागि बाटो खुल्ला गरिसकेको जनाएको छ । यसैसाता अध्यक्ष अल खेलाइफीले पनि नेयमारका लागि पहिलो पटक बाटो खुल्ला गरेका बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।