बुधबार, वैशाख २, २०८३

दक्षिण अफ्रीकाले दियो न्युजल्यान्डलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ‘गर या मार’को अवस्थामा रहेको दक्षिण अफ्रीकाले न्युजल्यान्डलाई जिलका लागि २ सय ४२ रनको लक्ष्य सुम्पेको छ । बर्षाले प्रभावित भएपछि ४९ ओभरमा छोट्याइएको खेलमा दक्षिण अफ्रीकाले ६ विकेट गुमाउँदै २ सय ४१ रन जोडेको हो । 

खराब सुरुवात गरेको दक्षिण अफ्रीकाका लागि रसिए भान डेर डुसेन र हशिम अमलाले अर्धशतकीय पारी खेले । डुसेनले ६४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

त्यस्तै अमलाले ८३ बलमा ४ चौकाको मद्दतमा ५५ रनको अर्धशतकीय पारी खेलेका हुन् । एइडेन मारक्रमले ३८ रनको योगदान दिए । उनले ५५ बलमा ४ चौका प्रहार गर्दै ३८ रन जोडे । डेभिड मिलरले ३७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडे । फाफ डुप्लेसीले ३५ बलमा ४ चौका सहित २३ रनको योगदान दिए । 

पहिलो विकेटको रुपमा क्वुन्टन डिककलाई ९ रन पुग्दा गुमाएको दक्षिण अफ्रीकाले दोस्रो विकेटको रुपमा टोलीको ५९ रन पुग्दा डुप्लेसीलाई गुमाएको थियो । धरमराएको सुरुवाती ब्याट्सम्यानलाई केही हदसम्म सम्हाल्ने प्रयास गरेका अमला टोलीको १११ रन पुग्दा २८ औं ओभरमा पेभिलियन फर्किए । 

चौथो विकेटको रुपमा मारक्रमलाई गुमाएको दक्षिण अफ्रीकाले पाँचौ विकेटको रुपमा ४५ औं ओभरमा टोलीको २०५ रन पुग्दा मिलरलदाई गुमाएको थियो । न्युजल्यान्डका लागि फेर्गुसुनले तीन तथा ट्रेन्ट बोल्ट, कोलिन ग्रान्डोमी र मिचेल सान्टनरले एक एक विकमेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।