एजेन्सी- भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान शिखर धवन इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । हातको औलामा लागेको चोट परिक्षण पछि पनि कुनै सुधार नभएको भन्दै उनलाई टोलीबाट बाहिर राखेको छ ।
धवनलाई टोलीबाट हटाएको भारतीय टोलीका व्यवस्थापक सुनिल सुब्रमण्यमले प्रेस कन्फ्रेनस गर्दै जानकरी दिएका छन् । धवन बाहिरिएसँगै उनको स्थानमा रिषभ पन्तलाई विश्वकपसम्म टोलीमा समावेश गर्न बिसिसिआईले अनुमति दिएको छ ।
पन्त पछिल्लो एक साताबाट टिमसँगै इंग्ल्यान्डमा रहेका छन् । उनलाई एक साता अघि धवनको विकल्पको रुपमा टोलीमा समावेश गरेको थियो । धवनलाई ९ जुनमा अष्ट्रेलियाविरुद्धको खेलमा पेट कमिन्सको बलमा चोट लागेको थियो ।
त्यसपछि उनी फिल्डिङका लागि समेत मैदानमा प्रवेश गरेका थिएनन् । पछिल्ला दुई खेलबाट बाहिरिका धवनको स्थानमा पाकिस्तानविरुद्धको खेलमा केएल राहुललाई ओपनर ब्उाट्सम्यानको रुपमा पठाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४