मंगलबार, साउन २६, २०८३

पोग्वाको रोजाई युभेन्ट्स, रियलको चाहना पोग्वा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- म्याचेस्टर युनाईटेडका मिडफिल्डर पाउलो पोग्वाले स्पेनिस ला लिगा क्बल रियल मड्रिड भन्दा इटालीयन सिरी ए क्लब युभेन्ट्स आफ्नो पहिलो रोजाईमा रहेको बताएका छन् । उनले सार्वजनिक रुपमा स्विकार गर्दै ओल्ड ट्राफोर्ड छोड्न चोहेको समेत बताएका हन् ।

फ्रान्सेली मिडफिल्डर पोग्वालाई अनुबन्ध गर्न रियल मड्रिड र युभेन्ट्स इच्छुक रहेका छन् । सिरी ए च्याम्पियन्सले पोग्वालाई अनुबन्धका लागि उनका एजेन्ड मिनो राइओलासँग छलफल गरिरहेको बताएको छ । 

यता रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पोग्वालाई आफ्नो मुख्य स्क्वार्डमा समावेश गर्न क्लबलाई समेत दबाब दिइरहेका छन् । तर, डि मार्जिओका अनुसार पोग्वाले युभेन्ट्सलाई आफ्नो पहिलो रोजाइमा राखेको बताएका छन् । 

रिपोर्टका अनुसार युभेन्ट्स आफ्ना पूर्व खेलाडी पोग्वालाई पनुः क्लबमा फर्काउन गृहकार्य गरिरहेको छ । पोग्वाले युभेन्ट्समा २०१२ देखी २०१६ सम्म गरी ४ सिजन सिरी ए मा विताएका थिए । 

यता युनाइटेडले भने उनलाई बेच्ने वा नबेच्ने कुनै संकेत दिएका छैनन् । तर, इटालियन रिपोर्टका अनुसार क्लब १५० मिलियन युरोमा सम्झौताका लागि तयार भएको खुलाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।