मंगलबार, साउन २६, २०८३

ब्राजिल भेनेजुयलासँग बराबरीमा रोकियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- घरेलु टोली ब्राजिल जारी ओपा अमेरिका फुटबल अन्तरगत आफ्नो दोस्रो खेलमा भेनेजुयलासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिल भेनेजुयलासँग गोल रहित बराबरीमा रोकिएको हो ।

पुरै समय खेलमा ब्राजिलले पकड जमाए पनि गोल गर्न भने सकेनन् । ब्राजिलले भेनेजुयलाको पोस्टमा बारम्बार प्रहार भने गरि रह्यो । तर, उक्त प्रहारलाई घरेलु टोलीले गोलमा परिणत गर्न भने सकेनन् । 

ब्राजितलले दोस्रो हाफमा अझै आक्रमक खेल खेलेकेको थियो । दोस्रो हाफमा दुई गोल समेत गरेको थियो । तर, उक्त गोल रेफ्रीले मान्यता नदिदा ब्राजिलले भेनेजुयलासँग गोल रहित बराबरी खेलेको हो । 

यस बराबरीसँगै ब्राजिल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेलेको ब्राजिल एकमा जित र एक खेलमा बराबरी सहित ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा समान अंक भएको पेरु गोल अन्तरका आधारमा दोस्रो स्थनमा छ । भेनेजुयला २ अंक जोड्दै तेस्रो स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।