मंगलबार, साउन २६, २०८३

‘गर या मर’को अवस्थामा दक्षिण अफ्रीका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-इंग्ल्यान्डका जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका ‘गर यार मर’को स्थितीमा रहेको छ । लगातारको पराजित र पछिल्लो एक खेलमा मात्र विजयी भएको दक्षिण अफ्रीकालाई न्युजल्यान्डसँगको खेल जित्नै पोर्न दबाब छ । 

प्रतियोगितामा आफ्नो सेमिफाइनलको यात्रा विजित राख्न दक्षिण अफ्रीकालाई न्युजल्यान्डविरुद्ध ‘गर या मर’को अवस्था रहेको हो । यदी यो खेलमा पराजति भए दक्षिण अफ्रीकाको सेमिफानल पुग्ने सम्भावना लगभग समाप्त हुने छ । 

यसै कारण विकेटकीपर ब्याट्सम्यान क्विनटन डिककले आफ्ना खेलाडीलाई संयमीत भएर खेल्न आग्रह गरेका छन्। दक्षिण अफ्रीकाले पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । यसैले पनि आत्मविश्वस बढेको डिककले बताएका छन । 

‘सबैलाई थाहा छ, यो खेल हाम्रो लागि कती आवश्यक छ भनेर । हाम्रा लागि अबमा सबै खेल अती महत्वपूर्ण छन् । त्यसैले हामीले संयमीत हुँदै खुलेर खेल्न जरुरी छ ।’ विकेटकीपर ब्याट्सम्यान डिककले भने, ‘न्युजल्यान्डको खेल हाम्रालागी क्याटरफाइनल जस्तै हो । तर, हाम्रा लागि अब सबै खेल जित्नै पर्ने दबाब छ । त्यसैले हामीले यस खेलमा मात्र केन्द्रीत नभई सबै खेलमा ध्यानदिन जरुरी छ ।’  

दक्षिण अफ्रीका र न्युजल्यान्डबीचको खेल एजबेस्टन मैदानमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे आमने सामने हुने छन् । न्युजल्यान्डले ४ खेल खेल्दा तीन खेलमा जित र एक खेल बर्षाका कारण अंक बाँढेको थियो । 

अपराजति न्युजल्यान्ड यस खेलमा पनि दक्षिण अफ्रीकालाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । यतीबेला न्युजल्यान्ड ४ खेलबाट ७ अंक सहित तेस्रो स्थानमा छ । समान ८ अंक भएका इंग्ल्यान्ड र अष्ट्रेलिया क्रमशः शीर्ष र दोस्रो स्थानमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।