मंगलबार, साउन २६, २०८३

पेरुसँग बोलिभिया पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कोपा अमेरिका फुटबल अन्तरगत बोलिभिया पेरुसँग पराजति भएको छ । बुधबार बिहान भएको खेलमा बोलिभिया पेरुसँग ३-१ गोलले पराजसत भएको हो । 

खेलमा पुनरागमन जित निकालेको पेरुको जिताका लागि पाओलो गुरेरो, जेफरसन फार्फन र ईडिसन फ्लोरिसले एक एक गोल गरे । कोलिभियाका लागि मार्सेलो मोरेनोले एक गोल गरेका थिए । 

खेलमा सुरुवाती अग्रता भने बोलिभियाले गरेको थियो । २८ औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमा गोल गर्दै बोलिभियालाई अग्रता दिलाए । तर, पहिलो हाफको अन्तिम मिनेटमा पेरुका लागि पाओलो गुरेरोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

त्यस्तै ५५ औं मिनेटमा जेफरसन फार्फनले गोल गर्दै पेरुलाई अग्रता २-१ को दिलाए । त्यसपछि खेलको एन्जुरी समयमा ईडिसन फ्लोरिसले गोल गर्दै पेरुलाई महत्वपूर्ण तीन अंक दिलाए। 

यस जितसँगै समुह ‘ए’मा रहेको पेरुले दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित बोलिभिया अंक विहिन हुदै पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।