एजेन्सी– आयोजक टोली इंग्ल्यान्ड जारी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा अफगास्तिानलाई १५० रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा उक्लियको हो ।
घरेलु टोलीले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ४७ रन बनाउन सक्यो । अफगानिस्तानका लागि मशमतुल्ला शाहिदीले ७६ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि टेलीको जितका लागि प्रयाप्त हुन सकेन् ।
उनले १०० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७६ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै ७४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै रहमत साहले ४६ रन जोडे । असगर अफघानले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाउँदा कप्तान गुलबदीन नायबले ३७ तथा नाजिबुल्लाह जाड्रनले १५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र अदिल रसिदले समान तीन तीन तथा मार्क उडले २ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा मात्र ६ विकेट गुमाउँदै ३ सय ९७ रन जोडेको थियो । इंग्ल्यान्डका लागि कप्तान इओन मोर्गनले मात्र ७१ बलमा आक्रमक ब्याटिङ गर्दै शानदार १ सय ४८ रनको पारी खेले ।
उनले मात्र ७१ बलमा ४ चौका र १७ छक्का प्रहार गर्दै १ सय ४८ रनको सानदार पारी खेलेका हुन् । त्यस्तै जोनी ब्रेस्टो शतक बनाउनबाट मात्र १० रनाले चुके । उनले ९९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ९० रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । जोइ रुटले ८८ रनको योगदान दिए ।
उनले ८२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ८८ रनको उत्कृष्ट पारी खेले । जेम्स भेन्सले २६ रनको योगदान दिँदा मोइन अलीले आक्रमक ब्याटिङ गर्दै मात्र ९ बलमा १ चौका र ४ छक्का सहित ३१ रनमा अविजित रहे । अफगानिस्तानका लागि गुल्बादिन नाइब र दव्लत जाड्रनले तीन तीन विकेट लिए ।
इंग्ल्यान्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान अंक भएपनि अष्ट्रेलिया रनरेटका आधारमा दोस्रो स्थानमा छ । अंक विहिन अफगानिस्तान तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४