मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सन् २०५० सम्म विश्वको मानव जनसंख्या ९.७ अर्ब पुग्ने राष्ट्रसंघले जनाएको छ। आउँदो ३० वर्षमा झन्डै २ अर्ब जनसंख्या थपिने एउटा शोधले जनाएसंगै हालको विश्वको जनसंख्या बढेर ९.७ अर्ब पुग्ने बताइएको छ। 



अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैन्य शक्ती तैनाथ गर्ने तयारी गरेको छ। मध्यपूर्व कै एक शक्तिशाली मुलुक मानिने ईरानसंगको सामरिक सम्बन्ध बिग्रँदै जान थालेपछि अमेरिकाले आफ्नो सैन्य शक्ती थप्न लागेको पेन्टागनले जनाएको छ। 



विश्व बैंकले उज्बेकिस्तानलाई आर्थिक सुधारका लागि ५०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ। उज्बेकिस्तानले आफ्नो अर्थतन्त्रलाई सुधार गर्न विश्व बैंकबाट आर्थिक सहयोग लिने भएको हो। हाल उक्त मुलुक ब्यापकरुपले बजार, वाणिज्य र बित्तिय व्यवस्थालाई आमूल परिवर्तन गर्न लागि परेको हुनाले यती ठुलो परिमाणमा ऋण सहयोग लिन लागेको हो।

 
चीनमा 'बैचारिक परिवर्तन' का लागि क्याम्पहरु स्थापना भएका छन्। एक रिपोर्टका मुताबिक हाल चीनको जनवादी सरकारले मुस्लिम अतिवाद विरुद्ध अनौठो कदम चालेको छ। आफ्नो राज्य शिन्झियाङ्गका झन्डै दश लाख जती मुस्लिम नागरिकहरुलाई अत्यन्त सुरक्षित प्रणालीसहितको सुबिधा युक्त स्थानमा तिनको धर्मान्धतालाई मानषपटलबाटै हटाउन वैज्ञानिक प्रयोगहरु गरिरहेको बिबिसीको एक खोज पत्रकारिताबाट खुल्न आएको छ।



हङकङकी कार्यकारी प्रमुख क्यारी लिमले हङकङमा सुपुर्दुगी विधेयकका कारण हुन गएको अस्तव्यस्तताका लागि क्षमा याचना गरेकी छन्। हङकङमा सुपुर्दुगी विधेयकका विरुद्ध दशौं लाख नागरिकहरु सडक संघर्षमा उत्रिएका थिए। उक्त विधेयक पारीत भएमा हङकङबाट कुनै पनि असामाजिक तत्वलाई चीन लैजान सकिने छ।



चीनको दक्षिणी राज्य सिचुआनमा भूकम्प गएको छ। झन्डै १२ जनाको मृत्‍यु तथा १०० जना जती घाइते हुने गरी चीनको सिचुआनमा ६ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरिएको छ।


 
रुस र अमेरिका उर्जा वितरण प्रणालि उपर विवादमा तानिएका छन्। रुसी प्रशासनले आफ्ना विद्युतीय प्रसारण प्रणालिमाथि साइबर आक्रमण भएको बताएको छ। उक्त आक्रमण अमेरिकी ह्याकरहरुद्वारा भइरहेको उसले दाबी गरेको छ।



केन्द्रलाई असहयोग गर्दै ममता बेनर्जीले प्रम मोदीद्वारा आयोजित सर्वदलीय बैठक बहिस्कार गर्ने बताएकी छन्। सर्वदलीय बैठक बोलाएर विपक्षी दलहरुलाई अनावश्यक छलफलमा उल्झाएर आफ्नो कुटिल स्वार्थ पुरा गर्न लागेको भन्दै भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्रीले प्रम मोदीलाई आरोप लगाएकी छन्। भाजपा सरकारमा पुन: हाबी भएपछि अन्य दलका राज्य सरकारहरुसंग केन्द्रको सम्बन्ध सुमधुर बन्न सकेको छैन।



आयरल्याण्डले छिट्टै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन बन्द गर्ने घोषणा गरेको छ। सन् २०३० सम्ममा आयरल्याण्ड सरकारले खनिज तेलबाट चल्ने सम्पूर्ण सवारी साधनहरुको बिक्री वितरणमा रोक लगाउने तयारी गरिरहेको आयरिश सरकारले जानकारी गराएको हो।



भारतीय राष्ट्रिय कंग्रेसको विधायन दलको प्रमुखमा अधिर चौधरी चयन भएका छन्। भारतीय राज्य पश्चिम बंगालबाट पाँच पटक केन्द्रिय सदनका लागि निर्वाचित भइसकेका पार्टीका वरिष्ठ नेता अधीर चौधरीलाई भारतीय राष्ट्रिय कंग्रेसको विधायन दलको नेताका रुपमा कंग्रेसले चुनेको छ। उक्त अवसरमा कंग्रेसका केन्द्रिय नेतृत्वका सम्पूर्ण व्यक्तिहरु उपस्थित रहेको जनाइएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।