एजेन्सी- इंग्ल्यान्डका कप्तान इओन मोर्गनले एकदिवसीय क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । उनले मंगलबार अफगानिस्तानसँगको खेलमा वेस्टइन्डिजका ‘युनिभर्स बोस’को नामबाट परिचित क्रिस गेल र रोहित शर्मा र एवी डिविलियर्सको नाममा संयुक्त रुपमा रहेको रेकर्डलाई आफ्नो नाममा गरेका हुन् ।
आफगानिस्तानविरुद्ध मात्र ७१ बलमा १४८ रनको गोगदान दिँदा मोर्गनले १७ छक्का प्रहार गरेका थिए । यससँगै उनी एकदिवसीय क्रिकेटको कुनै पनि एक खेलमा सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
एक खेलमा १७ छक्का
कप्तान मोर्गनले अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गरे । आक्रमक ब्याटिङ गरेका मोर्गनले यस रेकर्डलाई तोड्न मात्र ७१ बल खेल्दै ४ चौका र १७ छक्का प्रहार गरेका थिए ।
यससँगै उनी कुनै पनि एकदिवसीय खेलको एकै खेलम सर्वाधिक छक्का प्रहार गर्ने खेलको पहिलो स्थानमा छन् । त्यस्तै दोस्रो स्थानमा भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा रहेका छन् ।
उनले २०१३ मा अष्ट्रेलियाविरुद्ध २०९ रनको पारी खेल्दा १६ छक्का प्रहार गरेका थिए । त्यस्तै पूर्व दक्षिण अफ्रीकाका कप्तान एवी डिविलियर्सले वेस्टइन्डिजविरुद्ध २०१५ मा १६ छक्का प्रहार गर्दै यस रेकर्डलाई बराबरी गरेका थिए ।
यसै वर्ष वेस्टइन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेलले २१ञ्५ रनको पारी खेल्दा १६ छक्का प्रहार गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४