बुधबार, वैशाख २, २०८३

मोर्गनको सानदार शतकमा अफगानिस्तानलाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कप्तान इओन मोर्गनको शानदार शतकको मद्दतले आयोजन इंग्ल्यान्डले अफगानिस्तानलाई ३ सय ९८ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डका लागि कप्तान मोर्गनले मात्र ७१ बलमा आक्रमक ब्याटिङ गर्दै शानदार १ सय ४८ रनको पारी खेले। 

उनले मात्र ७१ बलमा ४ चौका र १७ छक्का प्रहार गर्दै १ सय ४८ रनको सानदार पारी खेलेका हुन् । इंग्ल्यान्डले निर्धारित ५० ओभरमा मात्र ६ विकेट गुमाउँदै ३ सय ९७ रन जोड्दा पहिलो विकेटका लागि ब्रेस्टो र भेन्सले ४४ रनको साझेदारी गरेका थिए । तर, दोस्रो विकेटका लागि ब्रेस्टोले रुटसँग मिलेर १२० रनको साझेदारी गरेका थिए । 

जोनी ब्रेस्टो शतक बनाउनबाट मात्र १० रनाले चुके । उनले ९९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ९० रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै जोइ रुटले ८८ रनको योगदान दिए । 

उनले ८२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ८८ रनको उत्कृष्ट पारी खेले । जेम्स भेन्सले २६ रनको योगदान दिँदा मोइन अलीले आक्रमक ब्याटिङ गर्दै मात्र ९ बलमा १ चौका र ४ छक्का सहित ३१ रनमा अविजित रहे । अफगानिस्तानका लागि गुल्बादिन नाइब र दव्लत जाड्रनले तीन तीन विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।