काठमाडौं- प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहिवारबाट हुने भएको छ । आयोजक नेपाल तेक्वान्दो संघ प्रदेश तीनले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
सातवटै प्रदेशका खेलाडीले सहभागिता जनाउने प्रतियोगिता असार ५, ६ र ७ गरि तीन दिनसम्म सतदोबाटोस्थित तेक्वान्दो हालमा संचालन हुने छ । प्रतियोगितामा ग्योरोगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ पुम्सेमा एकल, जोडि र समुहमा प्रतिस्पर्धा रहनेछ।
सातवटै प्रदेशबाट १५४ जना खेलाडीको सहभागिताको कुल लागत २५ लाख रहेको छ । त्यस्तै प्रत्येक प्रदेशबाट एक तैल समूहमा एक खेलडिले मात्र सहभागिता जनाउने पाउने नेपाल तेक्वान्दो संघ प्रदेश तीनका अध्यक्ष केशव पुरिले जानकारी दिए ।
सहभागी टोलि तथा खेलाडिलाई सबै खाले खर्चको व्यवस्था आयोजक तथा प्रदेश कमिटीले व्यहोर्ने छ। त्यस्तै खेलाडीलाई खेल दौरान चोटपटक लागेमा प्रत्येक खेलाडीलाई एक लाख बराबरको दुर्घटना बिमा समेत गरिनी आयोजकले जानकारी दिए। यसै अवसरमा दोश्रो क्लास रेफ्री नवीन कुमार श्रेष्ठ, ओलम्पियन संगिना बैध्य र दिपक बिष्ट, तलिम तथा प्रशिक्षण बिभाग प्रमुख अर्जुन विकलाई सम्मनित गरिने छ ।
त्यस्तै अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य र एसियाली तथा दक्षिण एसियालि पदक विजेता खेलाडी मनिता शाही, आयषा शाक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४