एजेन्सी- एशियन फुटबलको पावर हाउसका रुपमा चिनिएको जापनिस फुटबल टोलीले कोपा अमेरिका अन्तरागत आफ्नो पहिलो खेलमा चेलीसँग फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार बिहान भएको खेलमा जापान चिलिसँगै ४-० को फराकिलो अन्तरले पराजति भएको छ ।
चिलिको जितका लागि एडुआर्डो वार्गाजले दुई तथा इरिक पुग्लर र एलेक्स सान्चेजले एक एक गोल गरे । पहिलो हाफमा १-० ले पछि परेको जापानले दोस्रो हाफमा थप तीन गोल आएको थियो ।
खेलको ४१ औं मिनेटमा एरिकले गोल गर्दै चेलीलाई ग्रता दिलाएका थिए । त्यसपछि ५४ औं मिनेटमा एडुआर्डोले गोल गर्दै चेलीको अग्रता दोब्बर पारे । ८२ औं मिनेटमा एलेक्सले गोल गर्दै चेलीलाई ३-० ले अगाडी बढाए ।
त्यसको १ मिनेट नबित्दै एडुआर्डोले व्यक्तिगत दोस्रो गोल गर्दै चेलीलाई ४-० को फराकिलो जित दिलाए । यस जितसँगै चेलीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । यता जापान भने आमन्त्रित राष्ट्रको रुपमा प्रतियोगितामा सहअभागिता जनाएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४