मंगलबार, चैत ३, २०८२

बिहारमा गर्मीको आतंक : १९४ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भारतको बिहारमा अत्यधिक गर्मी र लुका कारणका १३८ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार सोमवार मात्रै अत्याधिक गर्मीका कारण बिहारमा १९ जनाको मृत्यु भएको छ । आइतवार मात्रै विहारमा ११४ जनाको ज्यान गएको थियो भने शनिवार ६१ के मृत्यु भएको थियो। 

सबैभन्दा बढी मृत्यु हुनेमा औरंगाबाद, नवादा, पटना, पूर्वी बिहार, रोहतास, जहानाबाद र भोजपुर जिल्लाका बासिन्दा छन्। 

बिहारको राजधानी पटनासहित प्रमुख सहरहरुको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ। तापक्रम बढेसँगै लु चल्न थालेपछि धमाधम मानिसहरुका मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

गर्मी अत्याधिक बढेपछि बिहारका सबै विद्यालय बन्द गरिएको छ। राज्यमा देखिएको अत्यधिक गर्मीका कारण सबै विद्यालय जुन २२ सम्म बिदा दिइएको त्यहाको शिक्षा मन्त्रालयले जनाएको छ । त्यसपछि आवश्यकताअनुसार बिहान स्कुल चलाउने समेत जनाइएको छ । 

यस्तै गर्मी बढेपछि बिहारमा एकै ठाउँमा ४ जनाभन्दा बढी व्यक्ति जम्मा हुन प्रतिबन्ध लगाइएको छ।

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी, गैरसरकारी निर्माण कार्य लगायतका काम गर्न नपाइने भएको छ। खुला ठाउँमा कुनै किसिमका सांस्कृतिक कार्यक्रम गर्न वा एकत्रित हुन प्रतिबन्ध लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।